Posts
November 30, 2018 at 2:23PM
Day 2054: Female and Male
The future isn’t FEMALE (or Male). The future is non-binary, it’s gender-fluid, it’s queer and it’s trans, it’s natives rising up against their colonisers, it’s sex workers getting coin, it’s gay, it’s bi, it’s pan, it’s ace, it’s people of colour, it’s people with disabilities, the future is INTERSECTIONAL.
#ISaidWhatISaid
November 13, 2018 at 2:25PM
Day 2236: तेस्रो पीढी (Third Generation)
झन्डै २ दशक अगाडि लन्दनमा नेवा: संस्कृतिको प्रवर्धन र प्रचारको लागि, नेवा: प्रतिको माया र सद्भावले ओतप्रोत ११ हस्तीहरुले पासा पुच: गुथीको स्थापना गरेका थिए| त्यसमध्य एक मेरा स्वर्गीय बुवा रमेश्वोर लाल सिं डंगोल पनि थिय| ऊनि पासा पुच: गुथीका संरक्षकका रुपमा यही मंचमा धेरै पटक उभेका थिए| गुथीको स्थापना पछि म पनि कहिले उद्घोषकको रुपमा, कहिले गायक, कहिले बाद्य-बादक, कहिले महा-सचिब त कहिले के, कहिले के को रूपमा निरन्तर यो मंचमा भ्याई-नभ्याई, जानी-नजानि उभिरहेकै छु|
आज यही मंचमा मेरो आफ्नो छोरा लगायत, छोराहरु समान मेरा साथीहरुका छोराहरूले सांगीतिक समूह( Band) बनाएर, नेपाली राष्ट्रीय गान प्रतक्ष्य प्रस्तुत गर्दा मेरो हर्ष र गर्वको सिमा रहेन| यसरी उनीहरु पासा पुच: गुथीको इतिहासमा तेश्रो पीढी भएर अगाडी आएका छन| उनीहरुलाई र पासा पुच: गुथीलाइ बधाइ!
पासा पुच: गुथिले मलाई बेलायतमा मेरो पहिचान दिएको छ, ईस्ट-मित्र दिएको छ, बिचार र परिपक़्वता दिएकोछ, सहारा दिएको छ तर सबैभन्दा बढी माया र सद्भाव दिएको छ| म मेरा छोराहरुलाइ निर्धक्क र निश्चित भएर भन्न सक्छु गुथिबाट उनीहरुले पनि यो भन्दा कम पाउने छैनन - किन भने गुथिमा सबै जना केवल दिन जानेका छन|
मेरा छोराहरुको ब्यान्डको नाम मैले 'कुत:' अर्थात नेपाल भाषामा 'प्रयास' भनेर राखेको छु|
कुत: ब्यान्डका सदस्यहरू
आरुष सिं - गायन (७ बर्ष)
ओनीक सिं - पियानो (७ बर्ष)
सरीन श्रेष्ठ - ड्रम्स(६ बर्ष)
कुत: ब्यान्डको पहिलो प्रस्तुतिको वीडियो शेयर गरेको छु, कृपया हेरेर प्रतिक्रिया दिनु होला |
यो प्रस्तुति त्यही संस्थापक महान हस्तीहरुमा समर्पित गर्दछु| Arjun Pradhan, Mahanta Shrestha Shashidhar Manandhar Sthapit Amrit Ratna Dharma Shakya Uttam G Amatya Balmukund Joshi